News Portal

राष्ट्रिय युवा संघ झापाको सपथग्रहण

रातोपोस्ट संवाददाता
२६९ पटक

झापा, २० भदौ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक कमिटी झापाको सपथ ग्रहण सम्पन्न भएको छ । शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित प्रशिक्षण एवम् सपथ ग्रहण कार्यक्रम आयोजना गरी सम्मेलन आयोजक कमिटीका संयोजक र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

जिल्ला संयोजक फुर्वा लामा र सदस्यहरुलाई प्रदेश संयोजक अनिता कन्दङवाले सपथग्रहण गराएकी हुन् । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका सचिव शिव ढुङगेल, युवा संघका केन्द्रीय सदस्य सागर पोर्तेल,निशा लिम्बु, राज लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथी पार्टी अध्यक्ष कार्कीले आसन्न निर्वाचनमा युवाहरुलाई मुख्य भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । पार्टीको मेरुदण्ड नै युवा पुस्ता भएको बताउँदै उनले भने – एमाले जनताको पार्टी हो । यसलाई निर्वाचनमा विजयी गराउन युवाहरुको भूमिका महत्वपूर्ण हुनेछ ।

प्रतिकृया दिनुहोस्