News Portal

चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

रातोपोस्ट संवाददाता
२२९ पटक

काठमाडौं, २१असोज । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

पहिरोमा पुरिएर काभ्रे घर भएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि श्रेष्ठको मृत्यु भएको वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

उनका अनुसार पहिरो मध्यराति १२ बजेर ४० मिनेट जाँदा आएको हो। अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्