News Portal

काँकरभिट्टा बहुमुखी क्याम्पसकाे चैत १० गतेभित्र स्ववियू चुनाव गराउने सहमति

रातोपोस्ट संवाददाता
१७४ पटक

झापा, ४ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्थगित भएको स्ववियू निर्वाचन चैत १० गतेभित्र गराउने सहमति भएको छ । आज क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, क्याम्पस प्रशासन र राजनीतिक दलहरुको नेतृत्वगणसँग बसेको सर्वपक्षीय वैठकले चैत १० गतेभित्र स्ववियू निर्वाचन गराउने सहमति भएको हो ।

क्यापस प्रशासन, निर्वाचन समिति र विद्यार्थीहरुको संघ–संगठनबीच भएको विवादका कारण यही चैत ५ गते हुनु पर्ने स्ववियू निर्वाचन स्थगित भएको थियो । शनिबार बसेको सर्वपक्षीय वैठकले ८ वटा बुँदामा सहमतिसहित स्ववियू निर्वाचन गराउने निर्णय गरिएको छ । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले आज एक प्रेस विज्ञप्ती जारी गरेर निर्वाचनका कार्यक्रमहरुका विषयमा जानाकारी गराएका छन् ।

विज्ञप्तीमा क्याम्पसमा लगाएको ताला खोल्न अनेरास्ववियूलाई आग्रह गर्ने, स्ववियू सभापति सुरज सुवेदीलाई सर्वसम्मत समिति घाषणा गर्न समन्वयकारी भूमिका खेल्ने, शिक्षा संकाय दोस्रो वर्षमा अध्ययनरत छात्र सन्तोष धमला र शिक्षा संकाय चौँथो वर्षमा अध्ययनरत छात्र सन्देश पौडेलको कारवाही फिर्ता गर्न क्याम्पस प्रशासनलाई आग्रह गर्ने, सर्वसम्मत समिति घोषणा नभए चैत १० गतेभित्र निर्वाचन गर्न समन्वय समितिले नयाँ सिफारिस गर्ने र सोही अनुसार निवाृचनका कार्यक्रम गर्ने उल्लेख छ ।

त्यस्तै स्ववियू निर्वाचनको प्रक्रियाकै शिलशिलामा क्याम्पस सञ्चालक समितिबाट राजीनामा दिएका दुर्गाप्रसाद सापकोटा र रचना घिमिरेलाई निर्वाचन अघि बढाउन सहमति भएकोले राजीनामा फिर्ता लिन उहाँहरुसँग अनुरोध गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्