News Portal

एमाले नेता गिरी नेकपा एसमा प्रवेश

रातोपोस्ट संवाददाता
१५५ पटक

झापा, १२ चैत । एमाले झापा जिल्लाका नेता तथा २०७५ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत निर्वाचनमा झापा क्षेत्र नम्बर- ३ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेद्बारी दिएका थिए ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, आज मिती २०७९ चैत्र ११ गतेदेखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो ।

नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु । उनले झापामा एमालेले राप्रपासग तालमेल गरेको बिषयलाई आपत्ति जनाउदै एमालेबाट बिद्रोह गरेका थिए । गिरी झापामा ससक्त युवा राजनितिकर्मी हुन् । उनको पार्टी प्रवेशले झापामा नयाँ तरङ्ग पैदा गराएको छ ।

प्रतिकृया दिनुहोस्