News Portal

  • नेताहरुमा देश बनाउने सपना हुनु पर्छ : माघव नेपाल

    रातोपोस्ट संवाददाता
    ७९ पटक

    झापा, १७ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुले देश बनाउने सपना देख्नु पर्ने बताएका छन् ।

    शुक्रबार झापाको चन्द्रगढीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले देश बनाउने सपना देख्नु पर्ने बताएका हुन ।

    उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न विभिन्न तत्वहरु सक्रिय भएर लागि गरेको बताउँदै त्यसबाट सबै सचेत हुनुपर्ने बताए । साथै उनले मंसिर ४ को निर्वाचनबाट पार्टीले सन्तोषजनक नतिजा ल्याउन नसकेको स्विकार गर्दै त्यसबाट नेता कार्यकर्ता कोहिपनि अहिले नै निरास हुनुपर्ने अवस्था आइ नहालेको बताए । उनले अझ शसक्त भएर जनताको आवाज बुलन्द बनाउन आफ्ना नेता तथा कार्यकर्तालाई अह्राए ।

    प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय तहदेखि जिल्ला र स्थानीयतहसम्मका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)