News Portal

धुलाबारी खानेपानी चुनावकाे मतगणना सुरु

रातोपोस्ट संवाददाता
१८८ पटक

झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनको मतगणना आज विहानदेखि सुरु भएको छ ।धुलाबारी खानेपानीको मतगणना आइतबार विहान ९ वजेर ५० मिनेटदेखि धुलाबारी स्थित टाउनमा सुरु भएको निर्वाचन समिति संयोजक असोकुमार पोखरेलले जाकनारी दिए ।

शनिबार सम्पन्न निर्वाचनबाट तीन हजार १६३ मत खसेको थियो । कुल चार हजार ९१७ मतदाता मध्ये सो संख्यामा मत खसेको थियो । खानेपानीको चुनावमा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी (एस) र जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा धनकाजी खत्री दाहाल, उपाध्यक्षमा हिमालय आङ्देम्बे, सचिमा उमानाथ (उमेश) सुवेदी तथा सदस्यहरुमा सरोज खड्का, कविन्द्र श्रेष्ठ, लिलादेवी गौतम, धनमाया गौतम पोखरेल, ज्ञानबहादुर विष्ट, नारायण भट्टराई, केदार खत्री र रितबहादुर खड्का छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा रचिन्द्र श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा उमेश डाँगी तथा सदस्यमा सञ्जय श्रेष्ठ, हेमाकुमारी खत्री कट्टेल, बिना अधिकारी नेपाल, रितादेवी दाहाल, हिरा आचार्य, अमर लिम्बु र राजन कुमार सापकोटा छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा सन्तोष राजवंशी, उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा ओमनाथ घिमिरे तथा सदस्यहरुमा दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाइँ (पोखरेल), सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार साह, मीना बस्नेत (थापा) र लोकनाथ काफ्लले छन् ।

प्रतिकृया दिनुहोस्