News Portal

ज्यामिरगढी युवा क्लबद्वारा क्लब स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा तेलिबारी फुटबल क्लब विजयी

रातोपोस्ट संवाददाता
२२६ पटक

झापा, २७ असाेज । वडादशैं तथा शुभ दिपावलीको अवसर पारेर ज्यामिरगढी युवा क्लबको आयोजनामा झापा जिल्ला क्लब स्तरीय फुटबल प्रतियोगितामा तेलीबारी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । झापाकाे मेचीनगर- १५ स्थित ज्यामिरगढी माविकाे खेलमैदानमा आज (शनिबार) भएको उद्घाटन खेलमा आयाेजक टिमलाई १ गाेलका विरुद्ध २ गोल गर्दै तेलिबारी फुटबल क्लबले पराजित गरेको हो ।

आयोजक कमिटीका अध्यक्ष असिम श्रेष्ठको अध्यक्षता तथा मेचीनगर वडा नं १५ का वडाध्यक्ष गुणराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालन क्लबका सचिव अनुप शिवाकोटी र उज्वल भण्डारीले गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद ३० हजारसहित शील्ड, ट्रफी तथा प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद २० हजार प्राप्त गर्नेछ । स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेल कात्तिक ३ गते हुनेछ । भोलि २७ गते हुने खेल र्यापिट रेसपोन्स फुटबल क्लब बाँहुनडागीँ र बुधबारे फुटबल क्लब विच हुने आयाेजकले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्