News Portal

मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

रातोपोस्ट संवाददाता
३२८ पटक

झापा, १८ बैशाख । झापाको मेचीनगरमा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय ड्राइगन युथ क्लब मेचीनगरको आयोजनामा बैशाख १९ गतेदेखि प्रदेश स्तरीय सुपर सिस क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

मेचीनगर- ९ स्थित टिमाइ बाटिका खेलमैदानमा आयोजना हुने प्रतियोगितामा दमक, भद्रपुर, केचना, धुलाबारी , काँकरभिट्टा, माेरङ र विदेशी २ टिमसहित १६ टिमकाे सहभागीता रहने खेल संयाेजक राजु धिमालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, मेडल र प्रमाण पत्र एवम् द्वितीय हुनेलाई २० हजार मेडल र प्रमाण पत्र प्रदान गरिने टिमाइ वाटिका खेल मैदान संरक्षक हाेमनाथ पाैडेलले बताए । नयाँ खेलाडीकाे उत्पादन, खेलाडीहरुकाे क्षमता विकास गर्न र खेल मैदानकाे प्रचार प्रसारका लागि खेल आयाेजना गरिएकाे संरक्षक पाैडेलले जानकारी दिए । सुपर सिक्स ए साइड क्रिकेट बिहान ७ बजेदेखि हुने उक्त खेल ५ ओभरको हुनेछ, जसमा हरेक टिममा ६ जना खेलाडीले खेल्न पाउने क्रिकेट संयाेजक धिमालले बताए ।

प्रतिकृया दिनुहोस्