News Portal

विजयोत्सव मनाउन ओली इलाम जाँदै

रातोपोस्ट संवाददाता
२००५ पटक

झापा, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् । इलाम क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजयोत्सव मनाउन उनी इलाम जान लागेका हुन् ।

आज दिउँसो १ बजे इलाम चोकबजारमा आयोजना हुने विजयसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव पर्वत भण्डारीले जानकारी दिए ।

इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका हुन् । उनले कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५ हजार ८३० मत बढी ल्याएका छन् । खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । २०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । सुहाङ स्वर्गीय सुवा नेम्वाङका छोरा हुन् ।

प्रतिकृया दिनुहोस्