News Portal

धरमपुर साकोसको साधारणसभामा विभिन्न व्यक्तित्व सम्मानित

रातोपोस्ट संवाददाता
२४५ पटक

झापा, २८ असोज । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिवसताक्षी- १ धरमपुरको १४ औ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुमार शंकरको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर- १ का वडा अध्यक्ष लक्ष्मी चेम्जोङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम स्थानीय प्रस्तावित फूलवारी रंगशालामा भएको थियो । संस्थाका उपाध्यक्ष चन्द्रकुमार खड्काले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव नारदमणी रिमाल र ब्यबस्थापक विनोद ढकालले गरेका थिए । सो सहकारीले गत वर्षदेखि सुरु गरेको पत्रकारिता पुरस्कार यस वर्ष स्थानीय पत्रकार विनोद सापकोटालाई नगद ५ हजार १ सयसहित प्रदान गरिएको छ ।

यस्तै उत्कृष्ट उद्यमी शेयर सदस्य प्रेमप्रसाद पोख्रेल, उत्कृष्ट बचतकर्ता भावना कार्की, सनमकुमार तामाङ, पुण्यप्रसाद खड्का, गोमाकुमारी सेजवाल श्रेष्ठलाई पनि सम्मान गरिएको छ । त्यस्तै नियमित कर्जा भुक्तान गर्ने उत्कृष्ट ऋणी बबिता कार्की पाण्डे, बिरेन राई, मन्जु कार्की, सुन्दरबहादुर राया सम्मानित भएका छन् ।

संस्थाले गत आवमा सदस्य राहत कार्यक्रमअन्तर्गत क्यान्सरपीडित इन्द्रबहादुर कटुवाल, निर्मला घिमिरेलाई संस्थाको नियमअनुसार राहत रकम प्रदान गरेको थियो । संस्थाका शेयर सदस्यका छोराछोरी समिर ढकाल, प्रबिता श्रेष्ठ र नाजनी खड्कालाई गएको एसईईमा उत्कृष्ट जीपीए ल्याएवापत संस्थाले पुरस्कृत गरेको छ । ४ सय ६३ जना शेयर सदस्य रहेको संस्थाले गत आवमा ७ करोड ३८ लाख ८६ हजार ८६४ रुपैयाँको वासलात बनाउन सफल भएको संस्थाका व्यवस्थापक ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्