News Portal

मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा कार्की

रातोपोस्ट संवाददाता
१२८ पटक

मेचीनगर, १६ माघ । मेचीनगर अनलाइनका सम्पादक अर्जुन कार्की मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । संस्थाको २०८० माघ १४ गते बसेको कार्यकारिणि समितिको वैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको संस्थाका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए ।

झापाको मेचीनगर भुगोललाई प्रमुख कार्यक्षेत्र बनाएर संचार जगतमा क्रियाशिल संचारकर्मी कार्की अनुभवका हिसाबले अब्बल संचारकर्मीका रुपमा स्थापित छन् । जनसंसद दैनिक, लोकतन्त्र पोष्ट दैनिक लगायत थुप्रै संचार संस्थाको अग्र भागमा रहेर कलम चलाएका कार्की हाल भने मेचीनगर अनलाइन डटकमका संचालक तथा सम्पादक हुन् ।

प्रतिकृया दिनुहोस्