News Portal

काँकरभिट्टाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

रातोपोस्ट संवाददाता
१२० पटक

झापा, २४ माघ । प्रहरीले ६ ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित मेची पुलबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ घर भएका अन्दाजी २३ वर्षीय सायद बोहोरा रहेका छन् ।

लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई मंगलबार दिउँसो ४.३० बजे पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बोहोरालाई चेकजाँच गर्दा कालो रंगको हुडीमा लुकाई छिपाई ल्याउँदै गरेको ६ ग्राम २१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्