News Portal

गायक भक्तराज आचार्यको निधन

रातोपोस्ट संवाददाता
१११ पटक

काठमाडौँ, १४ फागुन । गायक भक्तराज आचार्यको निधन भएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो । संगीतकार टिका भण्डारीले उनको निधनबारे पुष्टि गरे । वि.सं. १९९९ असोज १६ गते जन्मेका आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो ।

भजन शिरोमणिको उपाधि पाएका भक्तराजले गाएका गीतहरू लोकप्रिय छन् । उनले गाएको जति चोट दिन्छौ देऊ मायालु बोलको गीत निकै लोकप्रिय छ ।

प्रतिकृया दिनुहोस्