News Portal

झापा गोल्डकपकाे उद्घाटन खेलमा एपीएफ विजयी

रातोपोस्ट संवाददाता
८९ पटक

झापा, १९ फागुन । छैटौं झापा गोल्डकप अन्तरगत आज उद्घाटन खेल एपीफ विजयी भएको छ । गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा परिणत भएको थियो । संकटाका खेलाडीको लगातार दुई प्रहार विफल भएपछि एपीएफले ४–२ को अन्तरले जीत हासिल गरेको हो ।

खेलको म्यान अफ द म्याच एपीएफका गोल किपर एञ्जल श्रेष्ठ घोषित भए । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । भोलिको खेल नेपाल पुलिस र चर्च ब्वाइज बीच हुनेछ ।

अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ ।

झापा गोल्डकपको विजेताले नगद रू १३ लाख पाउने छन् भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्नेछन् । मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेकाे छ ।

प्रतिकृया दिनुहोस्