News Portal

मेचीनगरमा फागुन २९ देखि ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया ’ हुँदै

रातोपोस्ट संवाददाता
४९ पटक

झापा, २५ फागुन । मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया’ हुने भएको छ । आउँदो फागुन २९ गतेदेखि प्रतियोगिता हुने मेचीनगर खेलकुद विकास समितिले बिहिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

काँकरभिट्टाको खेल मैदानमा हुने उक्त खेलकुदलाई ‘मेचीनगर स्पोर्टस मेनिया–२०८०’ नाम दिइएको छ । नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले प्रतियोगिता सम्पन्न गर्न ५३ लाख ७७ हजार बजेट खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

उक्त खेलकुद खुला प्रतियोगिता हुने भएकोले ५००० खेलाडी सहभागी हुने वस्तीको भनाई छ । मेयर गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले प्रतियोगिताको मस्कट सार्वजनिक गरेका थिए । मेयर बुढाथोकी र उपमेयर उप्रेतीले नगरबाट खेलाडी उत्पादन गर्ने र मेचीनगरलाई खेलकुदको हव बनाउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीलगायत नगरका राष्ट्रिय तथा स्थानीय खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।

नगर खेलकुद विकास समितिका संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समितिका उपाध्यक्ष रबिन ओझाले र सञ्चालन समितिका सदस्य सचिव समेत रहेका अनन्तप्रकाश वस्तीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्