News Portal

प्रेस क्लबमा आमसञ्चार र समावेशी पत्रकारिता बारे पुस्तक चर्चा

रातोपोस्ट संवाददाता
१४७ पटक

झापा, २५ फागुन । प्रेस क्लब मेचीनगरकाे आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम आज मेचीनगरमा सम्पन्न भएको छ ।

प्रेस क्लब मेचीनगरकाे कार्यालयमा आयोजित कार्यक्रममा सहभागीले संविधान र कानूनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरु व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखे ।


उनीहरुले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । क्लबका अध्यक्ष डम्बर बरालकाे अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक सापकोटाले नेपालको सञ्चार लगायत विभिन्न क्षेत्रमा समावेशिताको अवस्था बारे तथ्यांक प्रस्तुत गर्दै पुस्तकको औचित्यमाथि प्रष्ट्याएका थिए ।

सरकार र राजनीतिक दलहरुले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको सो अवसरमा बताइयो । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको बताइएको छ ।

पत्रकार सन्ताेष आचार्य, शिक्षक तथा सञ्चारकर्मी रुमा राजवंशी र लेखक मणिकुमार लिम्बूले पुस्तकमाथि परिचर्चा गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य माेहन काजी, अग्रज पत्रकार राजेन्द्र गाैतम, लेखक निराेज कट्टेल, लेखक दमाेदर ढुँगेल, पत्रकार पर्वत पाेतेल, पत्रकार अर्जुन कार्की, पत्रकार झुलन रेग्मी, पत्रकार विमर्श उप्रेती, शिक्षक तथा सञ्चारकर्मी विश्व थापा, मुकुन्द शिवाकाेटी, शिशिर चाैलागाई, प्रकाश पाैडेल लगायतको आतिथ्य रहेकाे थियो ।

पत्रकार राजेन्द्र गाैतम, लेखक निराेज कट्टेल, शिक्षक दमाेदर ढुंगेल, पत्रकार पर्वत पाेतेल, नवराज सुबेदी,पत्रकार माेहन काजी, शिशिर चाैंलागाई लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।


सापकोटाको पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमुलक विषय समेटिएको छ । क्लबका सचिव देबु वानियाले सञ्चालन गरेकाे कार्यक्रमकाे स्वागत मन्तव्य उपाध्यक्ष जिआर धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्