News Portal

काँकरभिट्टामा भाेलिदेखि जीवन विज्ञान सम्बन्धी शिविर हुँदै

रातोपोस्ट संवाददाता
१२३ पटक

झापा, २५ फागुन । काँकरभिट्टामा जीवन विज्ञान याेग–ध्यान साधना कार्यक्रम संचालन हुने भएको छ । आदर्श मावि २०४२ (एसएलसी) समुहको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं ६ को सहयोगमा भोलिदेखि सप्ताहव्यापी रुपमा चैत्र ३ गतेसम्म शिविर संचालन हुने भएको हो ।

विहान ५ बजेदेखि ६ : ३० बजेसम्म संचालन हुने उक्त शिविरले स्थानीय जनसमुदायलाई शारिरिक र मानसिक स्वास्थ्यप्रति सजग तथा जागरुक रहन सहयोग पुर्याउने उद्देश्य लिइएको छ । मेची सामुदायिक सेवा केन्द्रको भवनमा संचालन हुने उक्त शिविरमा निशुल्क सहभागिताको व्यवस्था गरिएको आदर्श मावि २०४२ (एसएलसी) समुहका अध्यक्ष डम्बर बल्भ कट्टेलले बताए। शिविरको उद्घाटन मेचीनगर- ६ का वडा अध्यक्ष ललित बहादुर तामाङले गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्