News Portal

धरमपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रातोपोस्ट संवाददाता
५१ पटक

झापा, २५ । झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते मोटरसाइकल चालक मगरलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्