News Portal

झापा गाेल्ड कपमा चर्च ब्वाइज फाइनलमा प्रवेश

रातोपोस्ट संवाददाता
७४ पटक

झापा, २५ फागुन । आयाेजक झापा–११ फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब छैटाैँ झापा गाेल्ड कपकाे फाइनलमा पुगेकाे छ ।

बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको दाेस्राे सेमिफाइनलमा चर्च ब्वाइजले झापा–११ लाई टाइब्रेकरमा ४–३ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा दुवै टाेलीबाट गाेल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेकाे हाे ।

अब चर्च ब्वाइजले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल आउँदो सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस्