News Portal

मेचीनगरकाे भगवती प्लाइ उधोगमा आगलागी

रातोपोस्ट संवाददाता
६७ पटक

झापा, २८ फागुन । झापाकाे मेचीनगर- १५ स्थित रहेकाे भगवती प्लाइ उधाेगमा आज विहान आगलागी भएको छ । आगलागीमा परी प्लाई बनाउन राखिएको कच्चापदार्थ जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएकाे छ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएकाे छ । आज विहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रण भन्दा बाहिर रहेकाे छ । आगोलाई स्थानीय बासी, प्रहरी, सशस्त्र प्रहरी र ५ वटा बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा गर्ने प्रयास भइरहेकाे छ । क्षतिको विवरण अहिलेसम्म आएको छैन।

प्रतिकृया दिनुहोस्