News Portal

अझै नियन्त्रणमा आएन प्लाई उद्योगमा लागेको आगो

नवराज सुवेदी
११८ पटक

झापा, २८ फागुन । झापाको मेचीनगर १५ ज्यामिरगढी स्थित भगवती लेमिनेट्समा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । मेचीनगर, विर्तामोड, कमल, दमक लगायत जिल्लाका विभिन्न पालिकाका दमकलसँगै सुरक्षानिकाय लगायतले आगो निभाउन निरन्तर प्रयास गरिरहेपनि आगलागी नियन्त्रणमा भने आउन सकेको छैन ।

आगलागी भइरहेको ब्लगमा प्लाईउड बनाउन राखिएका कच्चा पदार्थ, काठका गोलियाहरु भएका कारण आगो झन् फैलिइरहेको हो । दमकल कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँगै स्थानीयहरु पनि आगो निभाउने प्रयासमा छन् ।

उद्योगका संचालक सन्तोष आचार्य बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने बताउँछन् । काठका गोलीया, उद्योगमा प्रयोग हुने साना मेशिनहरु र सिंगो ब्लक नै आगलागीमा परी जलेको उनले बताए ।

आगलागीबाट करोडौँको क्षती भएको आँकलन गरिएपनि कति मात्रामा क्षती भयो ? त्यसको यकिन विवरण आउन सकेको छैन । उद्योगले प्लाईउडबाट विभिन्न सामान उत्पादन गर्दै विदेश निकासी गर्दै आएको थियो । उद्योगमा १४ सय मजदूर कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्