News Portal

नियन्त्रणमा आएन आगलागी, मोरङबाट मगाइयो थप दमकल

रातोपोस्ट संवाददाता
१२८ पटक

झापा, २८ फागुन । झापा मेचीनगरको प्लाइउड उद्योगमा भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी ६ घन्टा हुन लाग्दा सम्म नियन्त्रणमा आएको छैन ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाका अनुसार उद्योगको कच्चा पदार्थ राखिएको खण्ड जलेर ध्वस्त भएको छ । जस्ताले घेरिएको र सुकेका काठका गोलिया भएकाले आगो नियन्त्रणमा लिन गाह्रो भएको उनले बताए ।

आगलागी नियन्त्रणका लागि बिहानैदेखि १० वटा दमकल प्रयोग गरिएको थियो । त्यसबाट नियन्त्रणमा नआएपछि मोरङबाट थप दमकल मगाइएको प्रजिअ बास्तोलाले जानकारी दिए । उक्त उद्योग झापाकै ठूलो उद्योगमध्येको एक हो । यहाँ १ हजार ४ सय मजदुर काम गर्छन् ।

प्रतिकृया दिनुहोस्