News Portal

मेचीनगर स्पोर्ट्स मेनियामा विवाद

रातोपोस्ट संवाददाता
१४५ पटक

झापा, १ चैत । मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनियामा पुरुषतर्फको फाइनल भलिबल खेल स्थगित भएको छ । आज धुलाबारी माबिको खेल मैदानमा आयोजित पुरुषतर्फको फाइनल भलिबल खेल स्थगित भएको हो ।

पुरुषतर्फ मेचीनगर- ९ र मेचीनगर-१३ विच भएको खेलमा मेचीनगर- ९ वियजी भइ फाइनलमा पुगेको थियो । मेचीनगर- १३ का टिमले बाहिरी खेलाडी खेलाएको आरोप लगाए पछि खेल स्थगित भएको थियो । मेचीनगर-९ का आशिष विश्वकर्मा विरोधमा निवेदन परेको हुनाले खेल स्थगित भएको जानकारी प्राप्त भएको छ ।

मेचीनगर-९ का खेलकुद विकास समितिका अध्यक्ष राजन खड्काका अनुसार आशिष विश्वकर्मा मेचीनगर-९ का स्थानिय बासीन्दा हुन् । उनले यस अघि पनि मेचीनगरको प्रतिनिधित्व गरेर जिल्ला तथा प्रदेशमा भलिवल खेलिसकेका छन् । नगर खेलकुद विकास शाखाले वडालाइ पुर्वाग्रही तरिकाले हेर्ने हो भने आगामी दिनमा कुनै पनि खेलमा सहभागी नहुने र जितेका मेडलहरु नगर खेलकुद शाखालाई फिर्ता गर्ने बताए । पहिलो पटक आयोजना गरिएको खेलकुद महोत्सवमा वडाबीच विवाद हुँदा समस्या भएको छ ।

प्रतिकृया दिनुहोस्