News Portal

होली खेल्ने क्रममा सुनकोशीमा डुबेर तीन बालबालिका बेपत्ता

रातोपोस्ट संवाददाता
४२ पटक

उदयपुर, ११ चैत । उदयपुरमा होली खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो साढे २ बजे होली खेल्न कोशी पुगेका त्रियुगा नगरपालिका-१४ साउने बजारका १२ वर्षीय रेखा मगर, नौ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरीका अनुसार बालबालिकाहरूको समूह होली खेल्दै धाप्लाङघाट पुगेर कोशीमा पौडी खेलेका थिए।

आठ जनाको समूहमा रहेका उनीहरूमध्ये तीन जना बेपत्ता र पाँच जनाको स्थानीयले उद्धार गरेको उनले बताए। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्