News Portal

मेचीनगरमा डढेलाे नियन्त्रणका लागि समिति निर्माण, अध्यक्षमा रेग्मी चयन

रातोपोस्ट संवाददाता
८७ पटक

झापा, ११ चैत । मनसुन बदलिएसँगै हावा, हुरी र आगलागीबाट बच्न मेचीनगरमा डढेलाे नियन्त्रणका लागि समिति निर्माण गरिएको छ ।

आज मेचीनगर-९ स्थित थाेप्ले विरान सामुदायिक वनमा सामुदायिक वन मेचीनगर महासंघकाे आयोजनामा वन डढेलाे विरूद्वकाे एकदिवसीय कार्यक्रममा समिति गठन गरिएको हाे ।

युवराज रेग्मीकाे अध्यक्षतामा १३ सदस्यीय डढेलाे नियन्त्रण तथा विपद व्यवस्थापन समिति गठन भएको छ । जस्काे सदस्यमा याेगेश भट्टराई, नवराज फुयल, ओम पुरी, काजी मेचे, गायत्रा पाैडेल, बलबहादुर राई, लक्ष्मीप्रसाद प्रसाईं, राजु धिमाल, पारस निराैला, विकास निराैला, एकराज घिमिरे रहेका छन् ।

´डढेलाेबाट वनलाई जाेगाऔँ, जनधनकाे क्षति हुनबाट बचाऔँ` भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रमका वक्ताहरूले डढेलाे जाेगाउन सबैकाे प्रयासले मात्र सफल हुने बताएका छन् ।

हामी सबैकाे साझा प्रयासले मात्र वन डढेलाे जाेखिम न्युनिकरण गर्न सकिन्छ भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका-९ का वडाध्यक्ष कञ्चन तामाङ, डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुली, सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, थाेप्लेविरान सामुदायिक वनका अध्यक्ष कृष्ण काेइराला, बासवारी सामुदायिक वन अध्यक्ष अम्बिका प्रसाईं, सामुदायिक वन महासंघ मेचीनगर सल्लाहकार संगीता थापा, हाइ हिमालय अर्गानिक प्रालि बिर्तामोडका सञ्चालक प्रदिप घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालयले मागुरमाढी र थाेप्लेविरान सामुदायिक वनलाई डढेलाे नियन्त्रणका सामाग्री वितरण गरेका थिए ।

कार्यक्रमकाे सह-आयाेजकका रूपमा मेची उद्योग बाणिज्य संघ रहेकाे थियाे । सामुदायिक वन महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीकाे अध्यक्षता भएकाे कार्यक्रममा स्वागत उपाध्यक्ष यामकान्त प्याकुरेलले र सञ्चालन सचिव युवराज रेग्मीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्