News Portal

शिवसताक्षीमा होली खेलेर नुहाउने क्रममा डुबेर बालकको मृत्यु

रातोपोस्ट संवाददाता
६२ पटक

झापा, १२ चैत । नहरमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। झापाको शिवसताक्षीस्थित कन्काई सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा शिवसताक्षी– ११ का १४ वर्षीय रविन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार सोमबार रविन होली खेलेर नुहाउनका लागि नहरमा पसेका थिए। रविनको शव नहरको फलाममा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिकृया दिनुहोस्