News Portal

मेचीनगरका सिदार्थको उपचारका लागि आर्थिक सहयोगको अपिल

रातोपोस्ट संवाददाता
५३ पटक

झापा, १६ चैत । झापा मेचीनगरका २२ महिनाका बालकलाई बोनम्यारो क्यान्सरको उपचार खर्च गर्न परिवारले नसक्ने अवस्था आए पछि उपचारमा सहयोग गरिदिन परिवारका तर्फबाट अपिल गरिएको छ । मेचीनगर- ८ निवासी २२ महिनाको सिदार्थ बराललाई पाँच महिना अघि देखिएको बोनम्यारो क्यान्सरको उपचार अहिले भारतको भेल्लोर स्थित सिएमसी अस्पतालमा भइरहेको छ । बोनम्यारो प्रत्यारोपणका लागि नेपाली एक करोड रकम लाग्ने भए पछि उपचारका लागि आर्थिक सहयोग गरिदिन सिद्धार्थका बुवा दिपेन बरालले अपिल गरेका छन् ।

आज प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलनमार्फत बरालले आफ्नो छोराको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरेका हुन । ‘उपचारका लागि पाँच महिनामा १६ लाख खर्च भएकाे,’ पत्रकार सम्मेलनमा दिपेनले बताए , ‘अब भारतिय रुपैयाँ ६५ लाख एकै पटक चाहिने अवस्था आयो त्यो पैसा परिवारले जुटाउन सक्ने अवस्था नभएकाले मेरो छोराको जीवन बचाईदिन सहयोगको अनुरोध गर्दछु ।’

अस्पतालका चिकित्सकहरुले अबको १५ दिन भित्रमा पैसा जम्मा गर्नु भनेकाले तत्काललै ठूलो रकम चाहिने भएको दिपेनले बताए । उपचार पछि पूर्ण स्वस्थ्य हुने र सामान्य जीवनमा फर्किने भनेर उपचारमा संलग्न चिकित्सकहरुले भनेकाले छोरोलाई बचाउन सबैसँग अपिल गरेको दिपेनले पत्रकार सम्मेलनमा जानकारी दिए ।‘छोराको उपचारका लागि बिर्तामोडमा रहेको साढे १३ धुर जग्गा विक्रीमा राखेको छु,’ उनले भने, ‘जग्गा किनिदिएर पनि छोराको उपचारमा सहयोग गर्न आग्रह गरेका छन् ।’

यसैबीच सिदार्थ बरालको उपचारका लागि मेचीनगर-७ इटाभट्टा निवासी धर्मराज घिमिरेले ५ हजार १ सय सहयाेग गरेका छन् । घिमिरेले प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई सहयोग रकम हस्तान्तरण गरेका हुन । अध्यक्ष बरालले घिमिरेले गरेको सहयोग सिद्धार्थका बुवा दिपेनलाई उपलब्ध गराउने बताएका छन् ।

प्रतिकृया दिनुहोस्