News Portal

आज मेचीनगर र बुद्धशान्तिमा विहान १० बजेदेखि विद्युत अवरुद्ध हुने

रातोपोस्ट संवाददाता
५९ पटक

झापा, १७ चैत । आज शनिबार दिनभरि झापाका मेचीनगर सहित सबै पालिकामा विद्युत सेवा अवरुद्ध हुने भएको छ । १३२/३३/११ केभी पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य गर्दा दुहबी १३२ सटडाउन हुने भएकाले आज बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरण धुलाबारी वितरण केन्द्रले सूचना जारी गरी वितरण केन्द्र अन्तर्गतका मेचीनगर र बुद्वशान्ति गाउँपालिकाकाे सम्पूर्ण स्थानहरुमा विद्युत अबरुद्ध हुने जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्