News Portal

कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि भोलि सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
४३ पटक

काठमाडौं, १० बैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएकाे छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। कतारी राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार राजकीय भ्रमणका क्रममा काठमाडौं आउँदैछन्। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

प्रतिकृया दिनुहोस्