News Portal

अत्यधिक गर्मी बढेपछि मेचीनगरमा १ दिन विद्यालय बन्द

रातोपोस्ट संवाददाता
९९ पटक

झापा, १३ जेठ । गर्मी अत्यधिक बढेपछि मेचीनगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि १ दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।

उनका अनुसार यही जेठ १४ गते नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। “मौसमको अवस्था हेरेर १ दिनलाई बिदा दिइएको हो, भण्डारीले भने- मंगलबार बिदानै छ, अवस्था सामान्य भए बुधबारबाट नियमित पठनपाठन हुनेछ ।”

हाललाई दिएको बिदा आउँदो बर्खे बिदाबाट कट्टी गरिने भण्डारीले बताए । झापामा गर्मीकै कारण २ जनाको मृत्यु भएको समाचारहरु प्रकाशित भएका थिए । पछिल्लो दिनहरुमा झापाको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

प्रतिकृया दिनुहोस्