News Portal

घरदैलोमा राेहित बुढाथोकीकाे टिम

रातोपोस्ट संवाददाता
१७७ पटक

झापा, १५ जेठ । काँकरभिट्टा खानेपानीका लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको शुभकामना दिएका थिए ।

साेमबार मेचीनगर- ६ र ७ वडामा रहेकाे भानुटाेल र काँकरभिट्टा साठी विगा, इट्टाभटामा घरदैलोमा पुगेका अध्यक्ष पदका उम्मेदवार रोहित बुढाथोकीसहित उपाध्यक्ष उम्मेदवार राजु दाहाल, सचिव विशाल तामाङ, कोषाध्यक्ष बिमला देवकोटा, लेखा समिति संयोजकका उम्मेदवार किशोर भण्डारीसहित साझा प्यानलका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।

अध्यक्षका पदका उम्मेदवार बुढाथोकी सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । उनी रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष, काँकरभिट्टा खानेपानी संस्थाका सदस्य, मेची अञ्चल ट्रक व्यवसायी संघमा २ कार्यकाल सचिव र अध्यक्ष भएका छन् । अहिले पनि लोकतान्त्रिक यातायात व्यवसायी महासंघ केन्द्रीय सदस्य पदमा रहेर उनले जिम्मेवारी निभाइरहेका छन् । २०५० सालदेखि नेपाली कांग्रेस पार्टीमा आबद्ध उनी पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका छन् ।

घरदैलो अभियानमा खानेपानी उपभोक्ताका अध्यक्षका उम्मेदवार बुढाथोकीले भने हरेक उपभोक्ताहरुका घरघरमा सहज र स्वच्छ खानेपानी वितरण गर्ने मेराे लक्ष्य रहेकाे बताउँदै सम्पुर्ण उपभोक्ताहरुलाई एक पटक लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारलाई मतदान गरि विजय गराउन आग्रह गरे ।

खानेपानी उपभोक्त समितिका उपाध्यक्ष राजु दाहालले खानेपानी संस्थालाई सहज बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै मत दिएर जिताउन सबै उपभोक्ताहरुलाई आग्रह गरेका छन् । त्यसैगरी, सचिव पदका उम्मेदवारी तामाङले पनि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । घरदैलो अभियानमा लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु उत्साहजनक रुपमा सहभागिता रहेको छ । खानेपानीको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते शनिबार निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस्