News Portal

नेपाललाई हराउदै बंगलादेश सुपर आठमा

रातोपोस्ट संवाददाता
३६ पटक

काठमाडौँ, ३ असार । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । यससँगै बंगलादेश सुपर आठमा पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालको लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै एक सय ६ रन बनाएको थियो । बंगलादेशका लागि शाकिब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए । मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन बनाउदा जाकेर अलीले १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १० रनको योगदान दिए ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडेन राख्दै मात्र १७ रन खर्चिएर २ विकेट लिएका थिए ।यससँगै लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् । सोमपाल कामीले ३ ओभर बलिङ गर्दै १० रन मात्र खर्चिएर२ विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३।२ ओभर बलिङ गर्दै २२ रन खर्चर २ विकेट लिए ।

प्रतिकृया दिनुहोस्