News Portal

नेपालले पायो एक सय ७९ रनको लक्ष्य

रातोपोस्ट संवाददाता
२९६ पटक

काठमाडौं, ८ साउन । एसिसि महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनायो । भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र एक छक्कासहित ८१ रन बनाएकी हुन ।

यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउदा सजीवन सजनाले १० तथा ऋचा घोषले छ रन जोडिन् । नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिकृया दिनुहोस्