News Portal

नेपाललाई स्तब्ध पार्दै भारतले जित्यो भलिबलको उपाधि

रातोपोस्ट संवाददाता
९४ पटक

काठमाडौं, २३ साउन । आयोजक नेपाल भारतरुविद्धको फाइनल भिडन्तमा फेरि एक पटक चुकेको छ । भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा नेपालले ३-२ ले भारतलाई उपाधि सुम्पिन बाध्य भएको हो ।

यससँगै लिग चरणमा नेपालसँग भोगेको हारको बदला पनि भारतले लिन सफल भएको छ । भारतले लिग चरणमा ३-२ को सेटमा नेपालसँग हार भोगेको थियो। बुधबार लिग चरणको उक्त सेटलाई उल्टाएको भारतले नेपाललाई घरमै उपाधि राखेर उत्साहित हुने अवसर फेल गराइदियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको फाइनलमा नेपालमा पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो। निकै प्रतिस्पर्धात्मक उक्त सेटको सुरुआतमै नेपाल ३-० ले पछि परेको थियो। भारतले लगातार चार अंक जोड्दै खेलमा फर्कियो । अन्तिममा २०-२३ ले पछि परेको नेपालले लगातार पाँच अंक जोड्दै सेट जित्यो ।

दोस्रो सेटमा भने नेपाल थकित देखियो । नेपाल कुनै बेला ५-१० को स्थितिमा थियो। तर, नेपालले थप ६ अंक जोड्दा भारतले भने १४ अंक हासिल गर्‍यो। भारतलाई २४ अंकमा रोक्दै नेपालले लगातार चार अंक जोडेको थियो। तर, १० अंकमा पछि परिसकेको अवस्थामा नेपालले पुनरागमन गर्न सकेन । दोस्रो सेट १४-२५ ले गुमायो।

तेस्रो सेटमा चुनौतीको सामना गरे पनि नेपालले सुरुआतदेखि नै अग्रता लियो । उक्त सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पार्‍यो। चौथो सेटमा नेपालले २१-२५ ले नतिजा हार्‍यो। पाँचौं तथा अन्तिम सेटमा भने नेपाल झनै फितलो हुँदै ५-१५ ले उपाधि सुम्पियो ।

प्रतिकृया दिनुहोस्