News Portal

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रातोपोस्ट संवाददाता
४२ पटक

झापा, ८ असार । झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज एकाबिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएकाले उपचार भइरहेको झापा प्रहरीले जनाएको छ ।

आज बिहान ३ :३० बजेको समयमा मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, मेचीनगर-१० का २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवारको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीका प्रहरी प्रवक्ता कृष्णप्रसाद चन्दले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्