News Portal

खानेपानीमा निर्वाचित मजदुर नेतालाई सम्मान

रातोपोस्ट संवाददाता
१७४ पटक

झापा, ८ असार । नेपाल यातायात मजदुर संघ मेचीनगरले काँकरभिट्टा खानेपानी संस्थामा निर्वाचित भएका सचिव पदका उम्मेदवार विशाल तामाङलाई बधाई तथा शुभकामना दिएकाे छ । आज काँकरभिट्टा एक कार्यक्रम आयाेजना गरि खानेपानी संस्थाका सचिव पदमा निर्वाचित तामाङलाई मजदुर संघले बधाई तथा शुभकामना दिएकाे हाे ।

शुभकामना कार्यक्रममा बाेल्दै मेचीनगर-६ का वडा अध्यक्ष ललित तामाङले मजदुरहरुकाे नेतृत्व गरेकाे नेता, अब खानेपानीमा रहेर उपभोक्ताहरुकाे हितमा काम गर्नका लागि शुभकामना दिएका थिए । कार्यक्रममा खानेपानीमा निर्वाचित सचिव तामाङले भने, म पनि एक मजदुर भएकाे हुनाले खानेपानी संस्थामा आगामी दिनमा मजदुरहरुका पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल यातायात मजदुर संघ मेचीनगरका कार्यवाहक अध्यक्ष गाैतम मजम्दार ( बिक्की) काे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य नेपाल यातायात मजदुर संघका केन्द्रीय सल्लाहकार प्रलाद श्रेष्ठले गरेका थिए भने सञ्चालन कुलदिप राईले गरेका थिए ।

कार्यक्रममा नेपाल यातायात मजदुर संघका सल्लाहकार दुर्गा सापकाेटा र नेपाल स्वतन्त्र यातायात मजदुर संघ मेचीनगरका अध्यक्ष राजकुमार सुबेदीले शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य प्रकाश कन्दङवाकाे समेतकाे आतिथ्यता रहेकाे थियाे । गत जेठ २६ गते भएकाे काँकरभिट्टा खानेपानी संस्थाकाे निर्वाचनबाट तामाङ अत्याधिक मतका साथ खानेपानी संस्थाकाे सचिव पदमा निर्वाचित भएका थिए । सचिव पदमा निर्वाचित तामाङ नेपाल यातायात मजदुर संघ मेचीनगरका अध्यक्ष समेत रहेका छन् ।

प्रतिकृया दिनुहोस्