News Portal

करण परियारले जिते नेपाल आइडलको उपाधि

रातोपोस्ट संवाददाता
१२४ पटक

काठमाडौं, ८ असार । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन् ।

नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै नगद पुरस्कार प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटनिर्णायकको रुपमा थिए ।

प्रतिकृया दिनुहोस्