News Portal

मेचीनगरमा भएका बेथिति अन्त्य गरी सुशासन कायम गर्न ५ दलको माग

रातोपोस्ट संवाददाता
२२० पटक

झापा, ९ असार । मेचीनगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको आन्तरिक खिचातानी र हैकमवादका कारण नगरको सेवा प्रवाह प्रभावकारी हुन नसकेको तथा प्रशासनिक गतिविधिमा समेत नकारात्मक प्रभाव पर्दै गएको भन्दै नगर सभाबाट समाधान खोज्न मेचीनगरका – पाँच राजनीतिक दलहरुले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मेचीनगर –४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले स्थानीय रेडियो मन्त्रमा अन्तरवार्ताको क्रममा सामाजिक विकास अधिकृत माथि लगाएको गम्भीर आरोपमा हालसम्म मेचीनगर किन मौन छ भनि प्रश्न गरेको छ । त्यसैगरी मेचीनगरपालिकाले लागाएको नदी जन्य पदार्थको ठेक्काबाट नदीमा मापदण्ड विपरित उत्खनन् गरिएको खाल्डोमा परि शिक्षक धनराज भण्डारीको निधन भएको हुँदा सर्बदलीय छानविन समिति गठन गर्न माग गरेको छ ।

त्यसैगरी मेचीनगर नगरपालिकाले विगतमा थालनी गरेका गौरवका योजनाहरु हाल ओझेलमा परेको र ती योजनाहरु सञ्चालन गर्न बजेटमा ब्यवस्था गर्नुपर्ने तथा मेचीनगरमा रहेका राजनीतिक दलहरुले बिभिन्न समयमा दिएको ध्यानकर्षण पत्र, विज्ञप्तीहरुको हाल सम्म कुनै किसिमको सुनुवाई नभएकाले ती विषयलाई समेत सम्बोधन गर्न माग समेत गरेको छ । विगतमा कार्यालय परिसर भित्रै सेवाग्राही माथि हातपात हुनु, विद्यालयहरुको प्रभावकारी अनुगमन नहुनु, अखाद्य बस्तुको उपभोग गर्न नगरवासी बाध्य हुनु लगायतका विषय विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्