News Portal

मेचीनगरको बजेट २ अर्ब ५ करोड २९ लाख

रातोपोस्ट संवाददाता
१४५ पटक

झापा, १० असार । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ का लागि २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको वार्षिक बजेट ल्याएको छ ।नगरपालिकाको सोमवार आयोजित दोस्रो नगर सभाको पाँचौँ अधिवेशनमा उपप्रमुख मीना उप्रेतीले अहिलेसम्मकै ठुलो आकारको बजेट सार्वजनिक गरेकी हुन् ।

जसमा चालू खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार रुपैयाँ, पुँजीगत खर्चतर्फ एक अर्ब ३१ करोड ७ लाख ८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ, सङ्घीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ९५ हजार रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ४७ करोड २८ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ ७५ करोड ५६ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १७ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको बजेटमा उल्लेख छ ।

यसैगरी, आयतर्फको कोशी प्रदेश सरकारको वित्तीय समानिकरण तर्फ १ करोड ६३ लाख रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ८१ लाख ४४ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजश्व बाँडफाँडतर्फ १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेसनबाट ११ करोड रुपैयाँ प्राप्त हुने बजेटमा जनाइएको छ । कूल बजेटमध्ये चालु खर्चमा ३६.०३ प्रतिशत, पुँजीगत खर्चमा ६३.८५ प्रतिशत र वित्तीय व्यवस्थापनमा ०.१२ प्रतिशत बजेट विनियोजन गरिएको पाइएको छ ।

मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीकाे सभा अध्यक्षतामा भएकाे नगरसभाकाे सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्