News Portal

नगरस्तरीय वक्तृता कलाको फाइनलमा १२ जनाले प्रतिस्पर्धा गर्दै

रातोपोस्ट संवाददाता
१९० पटक

झापा, ११ असार । मेचीनगरमा जारी नगरस्तरीय वक्तृता प्रतियोगिताको फाइनलमा १२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम दिनको छनौटबाट उत्कृष्ट ४ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेसँगै १२ फाइनलिष्टको टुङ्गो लागेको हो । मेचीनगर–११, धाइजनस्थित बलभद्र जनता माविमा सम्पन्न तेस्रो चरणको छनौटमा १२ विद्यालयका २३ विद्यार्थी सहभागी थिए ।

जसमा दन्तकाली अंग्रेजी मावि मेचीनगर–१२ की अनुष्का श्रेष्ठ, पारिजात पब्लिक स्कूल मेचीनगर–९ की जयन्ती बुढाथोकी, सरस्वती बाल कल्याण मावि मेचीनगर–१३ की प्रोशिमा घिमिरे र बाल सुबोधनी मावि मेचीनगर–१४ की सविना आचार्य फाइलनमा प्रवेश गरेका हुन् । यस अघि पहिलो दिनको छनौटबाट ओसेनिक निर्माण अंग्रेजी माविका रिदम दुलाल, अंसु एकाडेमीकी सिर्जना कार्की र थेसीस अंग्रेजी माविका रमित भण्डारी फाइलन प्रवेश गरेका छन् ।

त्यस्तै, दोस्रो दिनको छनौटबाट धुलाबारी माविका दिब्या राय र सुदिप आचार्य, तारापुञ्ज अंग्रेजी मावि काँकरभिट्टाकी प्रितिका आचार्य, आदर्श मावि इटाभट्टाका दिपेश राउत तथा पशुपति अंग्रेजी मावि काँकरभिट्टाकी स्नेहा खड्का फाइलन प्रवेश गरेका थिए । दलित समन्वय समिति मेचीनगरको आयोजनामा जारी प्रतियोगिताको छनौट चरणमा नगरका संस्थागत तथा सामुदायिक गरी ३४ विद्यालयका ६३ विद्यार्थी सहभागी भएका थिए ।

प्रतियोगिताको फाइनल बिहीबार मेचीनगर–८ स्थित आदर्श माविमा सञ्चालन हुनेछ ।मेचीनगर–११ अध्यक्ष रुद्र डाँकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बलभद्र जनता माविका प्रअ तुलसीप्रसाद सुवेदी, व्यवस्थापन समिति अध्यक्ष शान्तिराम चिमोरीया, प्रमुख अतिथि डाँगीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाकी अध्यक्ष रिता परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव कबिता मिजार र सञ्चालन शिक्षिका संस्कृती रिजालले गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा प्रध्यापक प्रेमसागर घिमिरे, पूर्व शिक्षक राजकुमार विश्वकर्मा र सञ्चारकर्मी शुष्मा राजवंशी छन् । मेचीनगर नगरपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० हजार १२५, ७ हजार १२५ र ५ हजार २५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्