News Portal

कचनकवलमा विषालु सर्पको टोकाइबाट बालिकाको मृत्यु

रातोपोस्ट संवाददाता
४२ पटक

झापा, १२ असार । झापाको कचनकवलमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

मंगलबार साँझ ५ः३० बजेको समयमा कचनकवल- ३ स्थित बढो केचना घर भएका हरि राजवंशीका १२ वर्षीया छोरीलाई घरको भण्डार कोठा भित्रको टेबल निकाल्ने क्रममा विषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते बालिकाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस्