News Portal

प्रधानमन्त्री दाहालले दिए करणलाई गितार उपहार

रातोपोस्ट संवाददाता
३७ पटक

काठमाडौं, १२ असार । नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ गितार उपहार दिएका छन्। आइडलको पाँचौं संस्करणका विजेता परियारलाई प्रधानमन्त्री दाहालले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर गितार उपहार दिएका हुन् ।

युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्तसमेत गरे।

शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै करण विजेता बनेका हुन्। विजेता परियारले नगद २५ लाख रुपैयाँसहित अन्य उपहार प्राप्त गरेका हुन्। विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो।

प्रतिकृया दिनुहोस्