News Portal

मेचीनगरमा हात्ती मृत फेला

रातोपोस्ट संवाददाता
५२ पटक

झापा, १३ असार । झापाको मेचीनगर नगरपालिका- ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा हात्ती मृत फेला परेको छ ।

अन्दाजी ९–१० बर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको हो । स्थानीयले बिहान ७ः३० बजे खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षित राखेको छ । थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सव-डिभिजन कार्यालय धाईजनबाट फिल्ड अफिसर कर्ण विश्वकर्मासहितको टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप पोष्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट बिशेषज्ञको टोली आउँदै गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्