News Portal

शिवसताक्षीमा खेतमा डुबेर एक कृषकको मृत्यु

रातोपोस्ट संवाददाता
५० पटक

झापा, १३ असार । झापाको शिवसताक्षीमा खेतमा जमेको पानीमा डुबेर एकजना कृषकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पानीमा डुबेर शिवसताक्षी-२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको हो । मादक पदार्थ सेवन गर्ने गरेका बेस्रा छारे रोगका बिरामीसमेत रहेको बुझिएको छ ।

घरको पूर्वपट्टि खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए । घरबाट निस्केका बेस्रालाई आज बिहान पानीमा डुबेर मृत अवस्थामा देखेपछि उनकी आमाले स्थानीयलाई खबर गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्