News Portal

भारत र इंग्ल्यान्डबीचको खेल वर्षाले प्रभावित, टस हुन सकेन

रातोपोस्ट संवाददाता
४१ पटक

काठमाडौं, १३ असार । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्ड र भारतबिचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । बिहीबार गुयनामा खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण मैदान ओसिलो रहँदा टससमेत हुन सकेको छैन ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिकृया दिनुहोस्