रातोपोस्ट संवाददाता
झापा, १४ असार । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर- ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलापछि भाग्दै आएका उनी आज पक्राउ परेका हुन् । तिवारीलाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
अदालतको आदेशपछि उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ । उनलाई २० दिन कैदसँगै २७ लाख रुपैयाँ जरिवाना र एक लाख आठ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गर्न अदालतले आदेश दिएको छ ।