News Portal

सन्थाल समुदायबाट सोरेन र हाँस्दाले ल्याए उत्कृष्ट नतिजा

रातोपोस्ट संवाददाता
३४ पटक

झापा, १५ असार । यस वर्षको एसइई परीक्षामा सीमान्तकृत सन्थाल समुदायका विद्यार्थीहरूले पनि राम्रो नतिजा ल्याएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माविका छात्र टेकनाथ सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसइईकै इतिहासमा उच्च अंक ल्याएका छन् । २०६४ साउन ३० गते जन्मिएका सोरेनले २०८० को एसइईमा ३.८२ जिपिए अंक ल्याएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिए ।

सोरेन विद्यालयका अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी भएको कटुवालले बताए । बाह्रदशी–६ डाँगीवारिका सोरेनका बुवा राजिन्दर र आमा उषा सामान्य खेतीपाती र अर्काको ज्यालादारीमा काम गर्दै आएका छन् ।

त्यस्तै गौरीगञ्ज गाउँपालिकाभित्रका ४ वटा सामुदायिक विद्यालयमध्ये खजुरगाछी माविकी पार्वती हाँस्दाले सबैभन्दा उत्कृष्ट अंक ल्याएकी छन् । उनले यस वर्षको एसइई परीक्षामा ३.५१ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट अंक ल्याउन सफल भएकी हुन् । झापा, मोरङ र सुनसरीमा बसोबास रहँदै आएको सन्थाल समुदायको २०७८ को जनगणनाअनुसार ५७ हजार ३१० जनसङ्ख्या रहेको छ ।

समाजमा सन्थाल

कानुनमा स्नातक झापा गाउँपालिकाका सन्थाल समुदायका विश्वदीप बेस्रा उपसचिव छन् भने नारायण टुडू कृषि सामग्री संस्थानका अधिकृत छन् ।

त्यस्तै, जिसु मुर्मू वडा सचिव र उनकी श्रीमती सुनिता सोरेन मेचीनगरपालीकाकाे लेखा शाखामा कार्यरत रहेकी छिन् । सन्थाल समुदायबाट सरकारी निकायमा काम गर्ने थोरै मात्रै छन् ।

सीमान्तकृत सन्थाल समुदायबाट जोबा सोरेन र मोहन टुडू सांसद बनेका थिए । स्थानीय तहको निर्वाचन २०७९ मा सन्थाल समुदायबाट मोरङको जहदा गाउँपालिकाको उपाध्यक्षमा हन्ना सोरन छिन् ।

सोही गाउँपालिकामा मुन्सी मुर्मू र भगवान टुडूले वडा अध्यक्ष जितेका छन् भने जितन हस्दा र शिवनारायण मुर्मू वडा सदस्य छन् । झापा र मोरङमा केही वडा सदस्य छ

प्रतिकृया दिनुहोस्