News Portal

मेचीनगरमा सामुदायिक विधालयतर्फ सरस्वती बाल कल्याणकी युना गाैतम उत्कृष्ट

रातोपोस्ट संवाददाता
३२ पटक

झापा, १५ असार । झापाको मेचीनगर–१२ स्थित सरस्वती बाल कल्याणकी युना गौतमले एसईई २०८० मा सामुदायिक विद्यालयतर्फ मेचीनगरबाट उच्चतम जिपीए प्राप्त गरेकी छिन् ।

युनाले ३.८७ जिपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरेले बताए । घिमिरेले सामुदायिक विद्यालयबाट युनाले प्राप्त गरेको नतिजा छात्रातर्फ जिल्लामै दोस्रो रहेको दाबी गरे ।

युनाले विज्ञान, सामाजिक र अतिरिक्त गणित बाहेक अन्य ४ विषयमा ४ जिपीए प्राप्त गरेकी छिन् । यसअघि सिताराम सामुदायिक अंग्रेजी माविका विराज प्रसाईं ३.९ जिपीएका साथ मेचीनगरमै उच्च र इष्ट होराइजन अंग्रेजी माविकी साक्षी ओझा संस्थागत विद्यालय छात्रातर्फ उच्चतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा देखिएको तथ्याङ्क सार्वजनिक भईसकेको छ ।

मेचीनगरबाट एसईई परीक्षा २०८० मा १७ सामुदायिक र ३८ संस्थागत गरी ५५ वटै विद्यालयको नतिजा विवरण आउने क्रममा रहेको शिक्षा शाखा मेचीनगरले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्