News Portal

बुद्धशान्तिमा पत्रकारलाई प्रशिक्षण

रातोपोस्ट संवाददाता
४० पटक

झापा, १५ असार । बुद्धशान्ति प्रेस क्लब बुधबारे झापाले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत सम्मानका साथै आधारभूत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुरादेखि प्रविधिमा पत्रकारले कसरी फड्को मार्ने भन्ने विषयमा प्रशिक्षण गराएका थिए । साथै, पत्रकारिता आचारसंहिता, खोज पत्रकारिताका बारेमा समेत प्रशिक्षण गराएका थिए ।

सोही अवसरका असार १५ अर्थात दही चिउरा खाने दिन भएकाले उपस्थित सम्पूर्णलाई दही चिउरा कार्यक्रममा समेत सामेल गराइको थियो । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्लबका सल्लाहकार गंगाराम गड्तौला, टंक काफ्ले बिकल्प, भुवन तामाङ, संस्थापक सचिव दिपेन लावती लगायतको आतिथ्यता रहेको थियो ।

नयाँ सदस्यलाई स्वागत गर्दै प्रमुख अतिथि वाग्लेले पत्रकारिता क्षेत्रमा आउने सदस्यहरुलाई शुभकामना दिएका थिए ।क्लबले स्थानीय पत्रकारहरुलाई क्षमता अभिवृद्धि, उद्घोषण, व्यक्तित्व विकास तालिम, आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । संस्थाका सचिव रोशन भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्