News Portal

सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन सिजन–३’को उपाधि

रातोपोस्ट संवाददाता
३५ पटक

काठमाडौँ, १५ असार । कमेडी च्याम्पियन्स–३ को उपाधि काठमाडौँका सुनील खड्काले जितेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौँका सुनील विजेता बनेका हुन् ।

उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।

त्यस्तै सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप र नवलपरासीकी सुयशा सेकेन्ड रनरअप बने । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको विशाल भण्डारीको निर्देशन रहेको शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।

प्रतिकृया दिनुहोस्